काठमाडौँ-२ बाट रास्वपाका सुनिल के.सी. विजयी
फागुन २३, २०८२ शनिबार ८:५२:४६
काठमाडौं : काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी विजयी भएका छन्। उनले ३४ हजार २३८ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत ल्याए। त्यस्तै राप्रपाकी कुन्ती देवी पाेखरेलले ५ हजार २१० मत प्राप्त गरिन् ।