धादिङमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

धादिङमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सुन्नुहोस्

धादिङ :  धादिङको गल्छी गाउँपालिका–६ बैरेनि बजार स्थित पृथ्वीराजमार्गमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् । 

काठमाडाैंबाट गजुरीतर्फ आउँदै गरेको बा ८२ प २९६५ नं. मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको बा.प्र. ०२-०६४ प ५७८६ नम्बर मोटरसाइकल एक-आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा बा.प्र. ०२-०६४ प ५७८६ नम्बर मोटरसाइकल चालक ३९ वर्षीय होम बहादुर तामाङ, घाइते भई बैरेनि अस्पताल पठाइएको छ । बा ८२ प २९६५ नं. मोटरसाइकल चालक, २९ वर्षीय राजु ढुङ्गाना, घटनास्थलमै उनको मृत्यु भएको छ।

प्रहरी चौकी बैरेनि बाट ट्राफिक टोली तत्काल खटिएको र दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ गजुरीका कार्यालय प्रमुख इन्स्पेक्टर शिशिर थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.