स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट विजयी
म्याग्दी : म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन भारी मतका साथ विजयी भएका छन्।
पुनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै ठूलो मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले दिएको आधिकारिक जानकारी अनुसार, डा. पुनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत मात्र प्राप्त गरे। पुन र श्रेष्ठबीचको मतान्तर १४ हजार ९३१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस !