रौतहट–१ मा रास्वपाका चौधरीको अग्रता कायमै, नेपाल चौंथो स्थानमा
रौतहट : प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को मतगणनामा रास्वपाका उम्मेदवार राजेश चौधरीले अग्रता कायमै राखेका छन् । ५८ ह्जार २ सय ६८ मतगणना हुँदा चौधरीले २३ हजार ९ सय ६० मत पाएका छन् । एमालेका उम्मेदवार अजय कुमार गुप्ता ९ हजार ९१ मत पाएर दोश्रो स्थानमा छन् ।
नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ६ हजार ८ सय १९ मत ल्याएर तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ६ हजार ४ सय ४६ मत ल्याएर चौथो स्थानमा पुगेका छन् । त्यस्तै जसपा उम्मेदवार योगेन्द्र यादवले ५ हजार ६ सय ३९ मत ल्याएर ५ औं स्थानमा छन् । यो क्षेत्रमा अब १२ हजार मत गन्न बाकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस !