एमालेका उपाध्यक्ष पौडेल पराजित
रुपन्देही २ मा ४३ हजार फराकिलो मतान्तरले रास्वपाका खरेल विजयी
बुटवल : रुपन्देही - २ मा रास्वपाका सुलभ खरेल फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई ४३ हजार ६ सय ८९ मतान्तरले पछि पार्दै खरेल विजयी भएका हुन् ।
पौडेलले १२ हजार ८ सय ६१ मात्र मत लिएका छन् । विजयी भएका खरेलले ५६ हजार ५ सय ५० मत लिएका छन् । यो निर्वाचन क्षेत्र रुपन्देहीका ५ वटामध्ये सर्वाधिक चासोको रुपमा हेरिएको निर्वाचन क्षेत्र थियो ।
पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत भइसकेको एमालेका नेता पौडेल ०६४ सालदेखि यहाँबाट निरन्तर चुनाव जित्दै आएका थिए । यस निर्वाचन क्षेत्रमा कुल १ लाख ३५ हजार ५० मतदातामध्ये ८६ हजार ५ सय ३० मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस !