नवलपुर २ मा रास्वपाका खनाल विजयी
नवलपुर : नवलपुर जिल्लाको क्षेत्र नम्बर २ मा २६ वर्षीय मनिस खनाल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतलाई पराजित गरेका हुन्। खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी महतले १५ हजार ७ सय ५५ मत प्राप्त गरे। खनालले २५ हजार ५ सय ९२ मतको अन्तरमा महतलाई हराएका हुन्।
खनालले हराएका महत यस अघि २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचित सांसद पनि हुन्। महत लगातार तेस्रो पटक प्रतिस्पर्धामा थिए। यस अघि महत २०७९ सालमा नेपाली कांग्रेसका विष्णु कुमार कार्कीसँग पराजित भएका थिए।
यो पटकको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस तेस्रो भयो। कांग्रेसका ओम बहादुर घर्तीले १४ हजार ७ सय १३ मत प्राप्त गरे। यस क्षेत्रमा ७९ हजार ६ सय ९२ मत खसेकोमा कुल ७६ हजार २ सय ३० मत सदर भएको थियो।
प्रतिक्रिया दिनुहोस !