गुल्मी १ मा एमालेका प्रदीप ज्ञवाली पराजित गर्दै रास्वपाका सागर ढकाल विजयी
गुल्मी : गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन्। ढकालले २९ हजार ६ सय ४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले १५ हजार १ सय ८१ प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिए । ढकालले फराकिलो मतान्तरसहित आफ्नो जीत निकालेका हुन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार डाक्टर चन्द्रकान्त भण्डारीले १३ हजार ५ सय ५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बरालले ३ हजार १ सय ६७ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा सम्पन्न २०७४ सालमा एमालेका प्रदीपकुमार ज्ञवाली र २०७९ मा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी निर्वाचित भएका थिए। गुल्मी १ मा हालसम्म सम्पन्न भएका प्रायः निर्वाचनमा ज्ञवाली र भण्डारीको आलोपालो जस्तै थियो। गुल्मी १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा जित दर्ता गरेको छ।
प्रतिक्रिया दिनुहोस !