परम्परागत गढ भत्काउँदै मोरङ–५ मा रास्वपाकी आशा झा विजयी

परम्परागत गढ भत्काउँदै मोरङ–५ मा रास्वपाकी आशा झा विजयी
सुन्नुहोस्

विराटनगर : मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशा झाले फराकिलो मतान्तरसहित सानदार जित हासिल गरेकी छन्। 

निर्वाचन अधिकृतको कार्यालयले शनिबार सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार झाले परम्परागत दल एवं उम्मेदवारको गढ भत्काउँदै संसदको यात्रा तय गरेकी हुन्। उनले निकटतम प्रतिस्पर्धीलाई २१ हजार १९ मतले पछि पार्दै ऐतिहासिक विजय दर्ता गराएकी छन्। 

झाले ३० हजार ४३४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलकुमार लालबानी ९ हजार ४१५ मतमा रोकिए। वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले परम्परागत दलहरूको प्रभाव रहेको मानिने क्षेत्रमा भारी मतान्तरसहित जित निकाल्नु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। आशाले ऐतिहासिक जित निकाल्दा परम्परागत दल र यसअघि सांसद निर्वाचन भएकाहरु पराजित बनेका छन्। 

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत प्राप्त गरेका छन्। यस निर्वाचनमा विशेष ध्यान खिच्ने अर्को पक्ष भनेको निवर्तमान सांसद योगेन्द्र मण्डलको कमजोर प्रदर्शन हो। राष्ट्रिय ऊर्जाशील पार्टीका संस्थापक अध्यक्षसमेत रहेका मण्डलले यस पटक ४ हजार १९९ मत मात्र प्राप्त गरे। उनी परिणाममा छैटौं स्थानमा सीमित भए।

मण्डल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेर मोरङ–५ बाट निर्वाचित भएका थिए। त्यसपछि उनले राष्ट्रिय ऊर्जाशील पार्टी दर्ता गरेर संगठित राजनीतिक अभियान सुरु गरेका थिए। तर, यसपटकको निर्वाचन परिणामले उनको राजनीतिक प्रभाव अपेक्षाकृत कमजोर भएको प्रष्ट पार्छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ–५ मा ७८ हजार ४४९ मत खसेको थियो। त्यसमध्ये ७० हजार ५६० मत सदर भएको र ७ हजार ८८९ मत बदर भएको छ। झाको विजयलाई व्यक्तिगत लोकप्रियताको परिणाम मात्र नभई मतदाताहरूमा देखिएको परिवर्तन तथा उनको दलप्रतिको आकर्षणको संकेत मानिएको छ। झाले संसदमा यस क्षेत्रका विकास, पूर्वाधार, रोजगार र सुशासनका मुद्दामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.