रुपन्देही–५ बाट रास्वपाका तौफिक निर्वाचित
भैरहवा : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक अहमद खान २५ हजार ७ सय ६ मतान्तरले निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ३८ हजार ८ सय ६ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय सभा सदस्य समेत भईसकेका नेकपा एमालेका उम्मेदवार खिमलाल भट्टराईले १३ हजार एक सय मत प्राप्त गरे ।
पूर्व अर्थराज्य मन्त्री एंव सार्वजनिक लेखा समितिका पूर्व सभापति नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले १२ हजार ६ सय २४ मत र पूर्व वनमन्त्री रहेका नेकपाका मुहम्मद वकील मुसलमानले ६ हजार एक सय ७६ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । १ लाख ३४ हजार ४४२ मतदाता रहेको यस क्षेत्रमा ८४ हजार ८३८ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !