राप्रपाले जुम्लाबाट खोल्यो खाता, ज्ञानेन्द्र शाही लगातार दोस्रो पटक विजयी
जुम्ला : जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदबार ज्ञानबहादुर शाहीले पार्टी जितको खाता खोलेका छन् । प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ पहिलो खाता खालेको हो । शाहीले १४ हजार ८१६ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिष्पर्धी नेकपाबाट नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याए ।
तेस्रो स्थानमा रहेका कांग्रेसका दिपबहादुर शाही ७ हजार १४३, एमालेका उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत पाउँदा रास्वपाकी विनिता कठायतले ४२१ मत पाएकी छिन् । यो निर्वाचनमा राप्रपा प्रत्यक्षतर्फ एक सीटमै खुम्चिने देखिएको छ । १६५ क्षेत्रमै उम्मेदवारी दिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका उम्मेदवार प्रतिष्पर्धाबाट बाहिर छन् ।
प्रतिक्रिया दिनुहोस !