झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनलाई पराजित गर्दै रास्वपाका पाठक निर्वाचित
झापा : झापा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठक निर्वाचित भएका छन्। रास्वपाका पाठकले निकटतम प्रतिस्पर्धी राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पराजित गरेका हुन्। पाठकले लिङ्देनलाई २१ हजार ३८० को फराकिलो मतान्तरले पराजित गर्दै पहिलो पटक सांसद बनेका हुन्। पाठकले ३८ हजार ६७४ मत ल्याउँदा लिङ्देनले १७ हजार २९४ मत ल्याएका छन्।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देन विजयी भएका थिए। उनले त्यस बेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र रास्वपाका पाठकलाई पराजित गरेका थिए। त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ८ हजार १९९, एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम, संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ र नेकपाका डिल्लीराम घिमिरेले एक हजार ४५० मत ल्याएका छन्। क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस !