सर्लाही–१ बाट रास्वपाकी नितिमा भारी मतले विजयी
मलङ्गवा : सर्लाही क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्की भारी मतान्तरले बिजयी भएकी छन् ।भण्डारी ४४ हजार १ सय ८१ मत प्राप्त गर्दै बिजयी भएकी हुन् ।
उनले ननेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई ३६ हजार ३ सय १० मतले पराजित गरेकी छिन् । श्रेष्ठले ७ हजार ८ सय ७१ मतका साथ दोस्रो र नेकपा एमालेका मनोजकुमार देवकोटाले ६ हजार १ सय १ मत ल्याएर तेस्रो भएका छन् ।
प्रतिक्रिया दिनुहोस !