मोरङ–२ बाट रास्वपा उम्मेदवार कृष्णकुमार कार्की विजयी
विराटनगर : मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कृष्णकुमार कार्की निर्वाचित भएका छन्।
शनिबार घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दिलिपकुमार बगडिया (अग्रवाल)लाई २५ हजार ३०० मतान्तरले पराजित गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा विजयी भएका कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बगडिया १५ हजार ६२४ मतबाट अघि बढ्न सकेनन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजाल तेस्रो स्थानमा खुम्चिएका छन्। रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे।
प्रतिक्रिया दिनुहोस !