रौतहट ४ मा कांग्रेस र नेकपाको गढ भत्काउँदै रास्वपाका उम्मेदवार गणेश पौडेल विजयी
रौतहट : नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको गढ भत्काउँदै रौतहट ४ मा रास्वपा उम्मेदवार गणेश पौडेल विजयी भएका छन्। पौडेलले ३६ हजार ८ सय ७६ मतसहित विजय हासिल गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व सांसद देवप्रसाद तिमल्सिनालाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्। तिमल्सिनाले १५ हजार ८ सय ६५ मत पाएर दोस्रो हुँदा संविधानसभा सदस्य नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७ सय ७८ ल्याएर तेस्रो भए।
प्रतिक्रिया दिनुहोस !