महोत्तरी २ मा रास्वपाका दीपक साह विजयी
फागुन २३, २०८२ शनिबार २१:३७:३३
महोत्तरी : महोत्तरी निर्वाचन क्षेत्र नं.२ मा रास्वपाका उम्मेदवार दीपक कुमार साह ३२ हजार ७२० मत ल्याई विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार किरण यादवले ९ हजार ९६२ मत ल्याएका छन् भने जसपाका उम्मेदवार शरत सिंह भण्डारी ९ हजार ९१६ मत ल्याई तेस्रो स्थान हासिल गरेका छन्।