मोरङ -३ मा रास्वपाका गणेश कार्की विजयी
विराटनगर : मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनीलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।
कार्कीले ३६ हजार ९ सय २४ र शर्माले २४ हजार ३ सय ५४ मत ल्याए। श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९, नेकपा एमालेका इरनकुमार राईले ७ हजार ७ सय ५२ र नेकपाका डा। देउमान सम्बाहाङफेले १ हजार २ सय ५९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !