नुवाकोट -१ मा रास्वपाका तिमिल्सिना अगाडि, पछ्याउँदै कांग्रेसका डा. महत
नुवाकोट : देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्तर्गत नुवाकोटको क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ। तीन दिनदेखि सो क्षेत्रको मतगणना कार्य जारी रहदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेका छन्।
प्रारम्भिक अग्रता लिएका रास्वपाका उम्मेदवारलाई कांग्रेसका उम्मेदवारले शनिबार बेलुकीदेखि पछाडि पारेपनि आइतबार बिहानदेखिको मत विवतरण अनुसार पुन: रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिना अग्रस्थानका पुगेका हुन्। नुवाकोट १ मा रास्वपाका डा, तिमिल्सिनाले अग्रता थप फराकिलो बनाएका हुन्।
उनले एकहजार चारसय ३७ मतको अग्रता लिएका हुन्। आइतबार बिहान साढे ७ बजेसम्मको मतगणना परिणामअनुसार डा. तिमल्सिनाले तीन पूर्वमन्त्रीहरुलाई पछाडि पार्दै १३ हजार ६ सय ३२ मत प्राप्त गरेका हुन् ।
दोस्रोमा रहेका नेपाली कांग्रेसका डा. प्रकाशशरण महतलले १२ हजार एकसय ९५ मत प्राप्त गरेका छन् । नेकपाका हितबहादुर तमाङले नौहजार तीनसय ७४ मत प्राप्त गरेका हुन् । नेकपा एमालेका बद्री मैनालीले ५ हजार आठसय ३२ मत प्राप्त गरेका छन् । उज्यालो नेपालका अमित तामाङले १ हजार ५ सय ३९ मत पाएका छन् ।
राप्रपाका विमल थापाले ४०१ मत पाएका छन् । उक्त क्षेत्रमा शुक्रबार बिहानदेखि मतगणना कार्य भइरहेको छ। हालसम्म ककनी, तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालय खरानीटार नुवाकोटले जनाएको छ। लिखु गाउँपालिकाको मतगण्ना कार्य भइरहेको छ ।
सूर्यगढी र शिवपुरी गापाको मतगणना पुरै बाँकी रहेको छ । खरानीटारस्थित तादी गापा भवनमा क्षेत्र नम्बर १ को मतगणना कार्य जारी रहेको छ । मतगणना कार्य एकैसाथ दुई स्थानबाट गरिएको छ । नुवाकोट १ मा एकलाख २३ हजार नौसय २९ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नुवाकोट -२ मा रास्वपाका डा. अचुतम लामिछाने विजयी भइसकेका छन्। नुवाकोटका कुल २ लाख ४७ हजार आठसय ६८ जना मतदातामध्ये बिहीबार दुइसय ९३ मतदान केन्द्रमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस !