कपिलवस्तु १ र २ मा रास्वपा विजयी
कपिलवस्तु : कपिलवस्तु क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार मोहन लाल आचार्यले ३४ हजार १४८ मत ल्याएर फराकिलो मतान्तरले विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८ सय ६० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले १४ हजार ५ ८२ मत प्राप्त गरे ।
यसै गरि कपिलवस्तु क्षेत्र नम्बर २ मा रास्वपाकै विक्रम थापा विजयी भएका छन् । थापाले २७ हजार ६३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका सुरेन्द्र राज आचार्यले २१ हजार ५ सय २७ मत प्राप्त गरेका छन्। उम्मेदवार थापाले ६ हजार १०८ काे मतान्तरले विजयी भएका हुन्।
विजयी भए लगत्तै नेता थापाले संचारकर्मीहरू सँग कुराकानी गर्दै आफु जेनजी आन्दोलनको मर्म अनुसार अघि बढ्ने र समग्र कपिलवस्तुको विकासका लागि कटिबद्ध भई लाग्ने प्रतिबद्धता व्यक्त गरे। नेता सिंह नेपाल प्रहरीका पुर्व एसएसपी समेत हुन्। कपिलवस्तु क्षेत्र नम्बर ३ मा भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी रास्वपाका प्रकाश रजाैरियालाई पराजित गरेका हुन् । शाहले २३ हजार ५३५ मत प्राप्त गर्दा रास्वपाका रजौरियाले १८ हजार ८९० मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस !