झापा -४ बाट रास्वपाका शम्भुप्रसाद ढकाल विजयी
झापा : झापा क्षेत्र नम्बर ४ बाट रास्वपाका शम्भुप्रसाद ढकाल ३१ हजार ६४५ फराकिलो मतान्तरले विजयी भएका छन्।
ढकाल ४३ हजार ६३१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका काँग्रेसका देउकुमार थेबेले ९ हजार ४३४ मत पाएका छन्। चौथोमा रहेकी श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ७ हजार १६१ र पाँचौँ स्थानमा खुम्चिएका राप्रपाका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत ल्याएका छन् ।
२०७९ सालको निर्वाचनमा रास्वपाका ढकालले १४ हजार ६९ मत प्राप्त गरी तेस्रो भएका थिए। त्यस बेला उनलाई एमालेका साँवाले पराजित गरेका थिए। साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गरी निर्वाचित हुँदा काँग्रेसका देउकुमार थेबेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका थिए।
साँवाले लगातार यस क्षेत्रबाट दुई पटक संसदीय निर्वाचन जितेका थिए। उनी ह्याट्रिक जित हासिल गर्ने दाउमा थिए। तर, ढकालको जितले ब्रेक लागेको छ। त्यस्तै काँग्रेसका थेबेले लगातार तेस्रो पटक हार व्यहोरेका हुन्। अघिल्ला दुई निर्वाचनमा साँवासँग हारेका थेबे यस पटक ढकालसँग पराजित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस !