रौतहट : रौतहट क्षेत्र नम्बर -३ मा रास्वपाका रबिन्द्र पटेलले विजय हासिल गरेका छ्न् । उनी २७ हजार ३ सय १८ मत ल्याउँदै दोब्बर मतान्तर सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका गोविन्द चौधरीले १२ हजार ९ सय ५४ मत ल्याउदै दोश्रो स्थान हासिल गरे । पटेल १५ हजार ३६४ मतको भारी मतान्तरले विजयी हुँदा लगातार ५ पटक निर्वाचन जितिसकेका आजपाका अध्यक्ष तथा पुर्वमन्त्री प्रभु साह भने ९ हजार ८ सय ९० मत ल्याउँदै तेस्रो भए । एमालेका कुन्दन कुश्वाह ६ हजार ६ सय ९५ मत ल्याएर चौथो स्थाममा पुगे ।
यो क्षेत्रमा काङ्ग्रेसका उम्मेदवार रामकृपाल यादबले ६ हजार ५ सय ३० मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीकी पुनम यादवले ३ हजार ८ सय ८१ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस !