भारी मतका साथ गोरखा २ बाट बुर्लाकोटी विजयी
गोरखा : गोरखा क्षेत्र नं. २ बाट भारी प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। आइतबार साँझ क्षेत्र नं. २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई निर्वाचित भएको घोषणा गरेको हो।
कूल १ लाख ८ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो। जसमध्य ५४ हजार १४७ म मतमात्र सदर र ३ हजार ९ मत बदर भएको थियो। विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरेका हुन्। बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार प्रकाशचन्द्र दवाडीले भन्दा .१४ हजार ९६० बढि मत प्राप्त गरेका छन्। दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेका थिए।
अर्का प्रतिस्पर्धी नेकपा एमालेका मिलन गुरुङ(चक्रे मिलन)ले ३ हजार ८७ मत प्राप्त गरेका छन्। प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी जन्माउने सक्रिय सदस्यमध्ये एक हुन्। २०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुई बर्षमै महामन्त्री बन्न सफल भएका थिए। अहिले पनि उनी रास्वपाका महामन्त्री हुन्।
प्रतिक्रिया दिनुहोस !