करेन्ट लागेर युवकको मृत्यु
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका -८ मा करेन्ट लागेर युवकको मृत्यु भएको छ। छिमेकीको घरमा विद्युत् वायरिङ गर्ने क्रममा नीलकण्ठ नगरपालिका-८ का २७ वर्षीय राजन श्रेष्ठ करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घाइते श्रेष्ठलाई उपचारका लागि धादिङ अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !