कार दुर्घटना हुँदा चालकको मृत्यु

कार दुर्घटना हुँदा चालकको मृत्यु
सुन्नुहोस्

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाँउपालिका-५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा कारमा सवार एक जना गम्भीर घाइते भएका छन्।

बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाँउपालिकाको एकडरवा गाँउमा जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति ९:१५ बजेतिर गण्डक नहर छेउको पिपलको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो।f

दुर्घटनामा चालक र अर्का एक व्यक्ति गम्भीर घाइते भएकोमा बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा चाकलकको राती १०:१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। मृतक चालकको नाम र ठेगाना खुल्न नसकेको उनले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्याक्तिको एलएस न्युरो अस्पतालमै उपचार भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.