प्रि ओपन सेसनमा नेप्से परिसूचक ३५.९३ अंकले बढ्यो, ५६ करोडको कारोबार
काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ३५.९३ अंकले बढेर २९११.३६ विन्दुमा पुगेको छ। यो १.२४ प्रतिशत हो।
प्रि ओपन सेसनमा २५९ स्क्रिप्सको १३ लाख ८७ हजार १८२ कित्ता सेयर ५६ करोड ९८ लाख ६६ हजार ६९८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २१० वटा स्टक्सको मूल्य बढ्दा ९ वटा घट्यो। ३४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
अघिल्लो दिन सोमबार तीन पटक सकारात्मक सर्किट लागेपछि दिनभरको कारोबार नै बन्द भएको थियो। रास्वपा वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने र राजनीतिले निश्चित दिशा लिने संकेत देखिएपछि सेयर बजार सकारात्मक देखिएको हो।
प्रतिक्रिया दिनुहोस !