प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.४८ अंकले बढ्यो
काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १० अंकले बढेको छ। नेप्से परिसूचक ९.४८ अंकले बढेर २८५२.८३ विन्दुमा पुगेको हो।
यो समयमा ९७ स्क्रिप्सको १६ हजार १९५ कित्ता सेयर १ करोड ८ लाख १३ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५५ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो।
बाँकी १३ स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !