गोरखामा बदर मतको अवस्था अझै उस्तै

गोरखामा बदर मतको अवस्था अझै उस्तै

गोरखा : नेपालमा प्रतिनिधिसभाको निर्वाचन २०१५ देखि हुन थालेको हो। पञ्चायती व्यवस्थामा पनि एकपटक जनमत संग्रह र २०३८ तथा २०४३ सालमा राष्ट्रिय पञ्चायतका चुनावहरू भए। प्रजातन्त्र पुनर्स्थापनापछि पनि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ र २०८२ मा बालिग मतदाताले भोट हालेको अनुभव छ।

करिब दर्जनपटक भोट हालेको अनुभव भए पनि ठूलो संख्याका मतदाताहरूले भोट बदर गर्ने समस्या अहिलेसम्म कायमै छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखाका मतदाताको ५ हजार २२८ अर्थात् ४.३२ प्रतिशत मत बदर भएका छन्। जसमध्य क्षेत्र नं. १ मा दुई हजार दुई सय १९ अर्थात् ३.४८ मत बदर भएको छ। क्षेत्र नं. २ मा तीन हजार नौ अर्थात् ३.८८ मत बदर भएको छ। ६३ हजार ६०९ मत खसेको क्षेत्र नं. १ मा ६१ हजार ३९० मत मात्र सदर भएको थियो। त्यस्तै, ५७ हजार १५६ मत खसेको क्षेत्र नं. २ मा ५४ हजार १४७ मत मात्र सदर भएको थियो।

जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार सबैभन्दा धेरै अजिरकोटमा ६.१९ प्रतिशत मत बदर भएको छ। ६ हजार ३०१ मत खसेको अजिरकोटमा ४१६ मत बदर भएको हो। त्यस्तै, दोस्रो धेरै मत बारपाक सुलिकोट गाउँपालिकामा बदर भएको छ। १० हजार ७४९ मत खसेको यहाँ ६४९ अर्थात् ५.९५ प्रतिशत मत बदर भएको हो। सिरानचोक गाउँपालिका तेस्रो धेरै मत बदर हुने पालिकामा पर्दछ। १० हजार ७७५ मत खसेको यहाँ ५८५ अर्थात ५.४२ प्रतिशत मत बदर भएको छ।

जिल्लाको आरुघाट गाउँपालिकामा कुल मतको ४.६५ प्रतिशत अर्थात् ३५३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गोरखा नगरपालिकामा ९६५ मत बदर भएको छ। २१ हजार ५१० मत खसेको गोरखा नगरपालिकामा कुल मतको ४.४८ प्रतिशत मत बदर भएको हो। चुमनुब्री गाउँपालिकामा पनि कुल खसेको मतको ४.१६ प्रतिशत अर्थात् ९९ मत बदर भएको थियो। सहिद लखन गाउँपालिकामा ३.४२ प्रतिशत अर्थात् ४३६ मत बदर भएको छ भने भीमसेनथापा गाउँपालिकामा ३१६ मत बदर भएका छन्।

सबैभन्दा कम गण्डकी पालिकामा खसेको ११ हजार ३१ मतको यो २.८६ प्रतिशत हो। त्यस्तै, पालुङ्टार नगरपालिकामा कुल मतको २.६९ प्रतिशत अर्थात् ८८३ मत बदर भएका थिए। गोरखाको गण्डकी गाउँपालिकामा मत बदर हुने दर कम रहेको छ। गण्डकीमा कुल खसेको १० हजार ८८८ मतको २.७१ प्रतिशत अर्थात् २६९ मत बदर भएको छ। उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पनि मत बदर हुने दर उस्तै छ। ८ हजार ८२८ मत खसेको धार्चेमा २.६९ प्रतिशत अर्थात् २४० मत बदर भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.