सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य २ हजारले र चाँदीको मोल २०५ ले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मोल प्रतितोला ३ लाख १७ हजार कायम भएको छ । यस्तै एक तोला चाँदीको मूल्य ५ हजार ५१५ निर्धारण भएको छ ।
बुधबार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने प्रतितोला तोला चाँदी ५ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !