नेपालमा आयो रेडमी नोट १५ फाईभजी

नेपालमा आयो रेडमी नोट १५ फाईभजी
सुन्नुहोस्

काठमाडौं : शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ फाईभजी नेपालमा ल्याएको छ। यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो फोन तीन आकर्षक रंग ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ। मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको जनाईएको छ। रेड्मी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्दछ। 

यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइलका साथै प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द आउनेछ। रेडमी नोट १५ फाईभजीमा ५५२० मेगाहर्ज ब्याट्री रहेको छ, यसले झण्डै २ दिनसम्म चार्ज टिकाउने कम्पनीको दाबी छ। साथै उसमा भएको स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ। यसले एकै पटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिन्छ।

कम्पनीका अनुसार यो फोनमा ६.७७ इन्च ओएलईडी डिस्प्ले र ३२०० निट्स ब्राइटनेस रहेको छ। यस्तै १८० एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, र २० एमपी फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ। बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यवसायिक स्तरको स्पष्टता र विवरण दिनेछ।

 ड्यल स्पीकर र एआई पोट्र्रेट, डायनामिक २.० जस्ता सुविधाले यस फोनमा रहेका छन्। कम्पनीक अनुसार रेडमी नोट १५ फाईभजी मजबुती ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ। यो स्मार्टफोनको मुल्य १२/५१२ जिबीको ४६ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबीको ३९ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.