काठमाडौं : नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको सार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न निगमभित्रै समिति गठन गरेको छ। निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिले उक्त दिनको घटनाक्रम, प्राविधिक अवस्था र उडान सुरक्षासम्बन्धी पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।
सम्बन्धित क्रु सदस्यहरूले आफ्नो लिखित रिपोर्ट बुझाएपछि हस्ताक्षर गर्ने अधिकारीलाई व्यक्तिगत रूपमा भेट्नुपर्ने पनि पत्रमा उल्लेख छ। छानबिन समितिको प्रतिवेदन आएपछि घटनाको समीक्षा गरी आवश्यक कारबाही अघि बढाइने निगम व्यवस्थापनले जनाएको छ।
यसैबीच, चट्याङ लागेर क्षति पुगेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बिहीबार मलेसिया पठाउने तयारी स्थगित भएको छ। मर्मतका लागि जहाज मलेसिया लैजाने तयारी भए पनि एयरबस कम्पनीबाट आवश्यक स्वीकृति सहितको निर्देशन नआएकाले उडान रोकिएको निगम स्रोतले जनाएको छ। ‘एयरबसबाट मर्मतका लागि लैजानुपर्ने औपचारिक मेल आएपछि मात्र जहाज मलेसिया पठाइनेछ।
त्यसपछि यात्रु नबोकी मर्मतका लागि विशेष उडान गरेर जहाज लगिनेछ,’ स्रोतले अन्नपूर्णसँग भन्यो। चट्याङका कारण न्यारोबडी जहाज नाइन–एन–एकेएक्स को एउटा शार्कलेटमा क्षति पुगेको हो। फागुन १२ गते काठमाडौंबाट हङकङका लागि उडेको उक्त जहाज धावनमार्गबाट उडेपछि करिब १५ माइल पर बनेपामाथिको आकाशमा पुगेका बेला चट्याङ परेको थियो। त्यसपछि जहाजले करिब ४ घण्टाको उडान पूरा गर्दै हङकङमा सुरक्षित अवतरण गरेको थियो।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
