अब आधा सिलिन्डर मात्रै

अब आधा सिलिन्डर मात्रै
फाईल तस्विर
सुन्नुहोस्

काठमाडौं : विश्वव्यापी ऊर्जा संकट र आन्तरिक बजारमा देखिएको उच्च मागलाई सम्बोधन गर्न नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा नयाँ व्यवस्था लागू गरेको छ। निगमले आगामी फागुन २९ गतेदेखि लागू हुने गरी देशभर आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्ने निर्णय गरेको हो।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले हालको असहज परिस्थितिलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि ७.१ केजी मात्र ग्यास भरिएका सिलिन्डर बजारमा पठाउने जनाएको छ। आधा भरिएको यो सिलिन्डरको मूल्य प्रतिएकाइ ९ सय ५५ रुपैयाँ तोकिएको छ। ‘हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन र आम उपभोक्ताको मागबमोजिम ग्यास उपलब्ध गराउन,’ विज्ञप्तिमा भनिएको छ, ‘सहजीकरणका लागि फागुन २९ गतेदेखि ७.१ केजी मात्र ग्यास भरी आधा मूल्यमा बिक्री गर्ने निर्णय गरिएको हो।’

निगमका अनुसार नियमित रूपमा ग्यासको आयात भइरहे पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकालगायतका क्षेत्रमा माग अस्वाभाविक रूपमा बढेको छ। मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित भएको र भारतमा समेत ग्यासको अभाव देखिएको समाचार सार्वजनिक भएपछि नेपाली उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चय गर्न थालेकाले यो कदम चाल्नुपरेको निगमको दाबी छ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले अहिलेको अवस्थामा ग्यासको अभाव नभई वितरणमा चापमात्र परेको बताउँदै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन्। उनले भने, ‘बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न यो अल्पकालीन व्यवस्था गरिएको हो, त्यसैले आम उपभोक्ताले आवश्यकता अनुसार मात्र ग्यास खरिद गरेर सहयोग गरिदिनुहुन अनुरोध छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.