ग्लोबल मनि विकका अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

ग्लोबल मनि विकका अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ। 

बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवा लक्षित  वित्तीय तथा  डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो। 

बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा “स्मार्ट मनि टक्स”लाई आत्मसाथ गरी यही मार्च १६ देखी मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ।  

यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्रीहरू उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत पनि प्रसारण गर्नेछ। वित्तीय साक्षरता अभिवृद्धिका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरूमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्। 

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.