भारतीय भक्तजनको शव दूतावासलाई हस्तान्तरण

भारतीय भक्तजनको शव दूतावासलाई हस्तान्तरण
सुन्नुहोस्

गोरखा : शनिबार बेलुकी गोरखामा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका सातजना भारतीय भक्तजनको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। आइतबार साँझ पोस्टमार्टम गरिसकेर दूतावासका प्रतिनिधिलाई  शव हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रदेश अस्पताल गोरखामा पोस्टमार्टम गरेपछि शव दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। शव ग्रहण गरेलगत्तै भारतीय दूतावासको टोली काठमाडौं प्रस्थान गरेको छ।

तमिलनाडू राज्यको चेन्नईबाट मनकामना दर्शन गर्न आएका सातजनाको शनिबार बेलुका ८ बजेतिर पूजाआजा सकेर फर्कने क्रममा सहिद लखन गाउँपालिका-३ कानटार नजिकै सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। 

बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस भीरबाट करिब दुई सय मिटर तल खस्दा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशीको घटनास्थलमै मृत्यु भएको थियो।

भारतीय नागरिक १४ र सवारी चालक, सहचालक गरी १६ जना रहेकामध्ये नौजना जना घाइते भएका थिए। घाइतेहरू पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन्। आइतबार बेलुकासम्म पाँच जनाको आइसीयूमा उपचार भइरहेको जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। चार जनालाई जनरल वार्डमा सारिएको उनले बताए। 

सो इभी माइक्रोबसमा ११ जना महिला र ५ जना पुरुष रहेका थिए। चालकको अवस्था सामान्य छ भने सहचालक सिकिस्त घाइते छन्। मुक्तिनाथको दर्शन सकेर मनकामनाको दर्शन गर्न आएका दुईवटा माइक्रोबसमा सवार २४ जनाभक्तजनमध्ये एउटा माइक्रोबस दुर्घटना भएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.