सहयोगी राष्ट्रको साथ अब आवश्यक छैन: ट्रम्प

सहयोगी राष्ट्रको साथ अब आवश्यक छैन: ट्रम्प
सुन्नुहोस्

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानमा नेटो सहयोगी राष्ट्रहरूको साथ आवश्यक नरहेको बताएका छन्। अधिकांश नेटो सदस्य राष्ट्रहरूले इरानविरुद्धको सैन्य कारबाहीमा सहभागी हुन अनिच्छा देखाएपछि ट्रम्पले आक्रोशित हुँदै यस्तो प्रतिक्रिया जनाएका हुन् । 

आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पले अमेरिका एक्लै जुनसुकै चुनौतीको सामना गर्न सक्षम रहेको दाबी गरेका छन्। ट्रम्पले नेटोलाई 'एकतर्फी बाटो' को संज्ञा दिँदै भने, 'हामी यी देशहरूको सुरक्षाका लागि वार्षिक अर्बौं डलर खर्च गर्छौं, तर आवश्यक पर्दा उनीहरूले हाम्रो लागि केही गर्दैनन्।' 

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकी कारबाहीले इरानको नौसेना, वायुसेना, एन्टि-एयरक्राफ्ट र राडार प्रणाली पूर्ण रूपमा समाप्त पारिदिएको छ। उनले इरानका लगभग सबै तहका नेताहरू मारिएको समेत दाबी गरे।

हाम्रो सैन्य सफलताका कारण अब हामीलाई नेटो, जापान, अस्ट्रेलिया वा दक्षिण कोरिया कसैको पनि सहयोग चाहिँदैन' ट्रम्पले लेखेका छन्, 'विश्वको सबैभन्दा शक्तिशाली देशको राष्ट्रपतिको रूपमा म स्पष्ट भन्छु— हामीलाई कसैको मद्दत आवश्यक छैन।'

यसअघि ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ होर्मुज' जलमार्ग खुला राख्नका लागि विभिन्न देशहरूलाई आफ्ना युद्धपोतहरू पठाउन अपिल गरेका थिए। यद्यपि, अहिले इरानी सैन्य अखडाहरूमा भएका शक्तिशाली आक्रमणपछि उनले अमेरिकाको एकल सैन्य सामर्थ्यमा जोड दिएका हुन्।

इरानको आतंकवादी शासन ले परमाणु हतियार प्राप्त गर्न नहुने कुरामा सबै राष्ट्र सहमत भए पनि सैन्य रूपमा अमेरिकालाई साथ दिन धेरै देशहरू पछि हटेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.