मलेखु–धादिङबेसी सडक खण्ड दुईतर्फी सञ्चालनमा

मलेखु–धादिङबेसी सडक खण्ड दुईतर्फी सञ्चालनमा
तस्बिर : अन्नपूर्ण

धादिङ: धादिङको सिद्धलेक गाउँपालिका–६ फिसफिसेटार नजिक खसेको पहिरोले केही समयका लागि अवरुद्ध भएको मलेखु–धादिङबेसी सडक करिब तीन घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

स्थानीयवासीका अनुसार,सिँचाइ नहरबाट सडकतर्फ पानी ओभरफ्लो भएपछि पहिरो गएको थियो। प्रहरीले स्थानीयसँग मिलेर दुई डोजर प्रयोग गरी माटो पन्छाएको थियो। सडक खुल्दै रोकिएका सवारी साधन र यात्रुहरू आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्। ट्राफिक प्रहरीले मार्गमा सुरक्षा व्यवस्था गर्दै यातायातलाई सहज बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काका अनुसार बिहानदेखि बन्द भएको सडक दुई वटा डोजर प्रयोग गरी निरन्तर पहिरो पन्छाएपछि सुचारू गरिएको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.