जेन–जी विद्रोहमा मारिएकाको परिवारलाई दक्षिण कोरियाका नेपालीले प्रदान गरे राहत
गोरखा : गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन्जी विद्रोहका क्रममा ज्यान गुमाएका गोरखाका तीन जनाको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत नेपालीहरूले संकलन गरेर पठाएको रकम उनीहरूको घर–घरमै पुगेर हस्तान्तरण गरिएको हो।
काठमाडौंका विभिन्न ठाउँमा भएको जेन्जी विद्रोहमा ज्यान गुमाएका गोरखाको बारपाक सुलिकोट-५ ताकुमाझ लाँकुरीबोटका बिमलबाबु भट्ट, पालुङटार नगरपालिका-३ का अनिष पराजुली र गण्डकी गाउँपालिका ४ का अर्जुन भट्टका परिवारलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
जेन्जी बिद्रोहका सहिद बिमलबाबु भट्टका बुवा रामकृष्ण भट्ट, अनिष पराजुलीकी पत्नी मन्जु पौडेल र अर्जुन भट्टका बुवा चित्रबहादुर भट्टलाई प्रदान गरिएको हो। एमआरआर दक्षिण कोरियाको संयोजनमा संकलित उक्त रकम पत्रकार भीमलाल श्रेष्ठले सम्बन्धित परिवारलाई सम्बन्धित घरमा पुगेर हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !