चट्याङ लागेको न्यारोबडी मर्मतका लागि मलेसियामा

चट्याङ लागेको न्यारोबडी मर्मतका लागि मलेसियामा
सुन्नुहोस्

काठमाडौं : चट्याङ लागेर ग्राउन्डेड (भूमिस्थ) भएको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को न्यारोबडी जहाज मर्मतका लागि मलेसिया पुगेको छ। चट्याङ लागेर ग्राउन्डेड भएको जहाज २० दिनपछि मर्मतका लागि मलेसिया उडेको हो। जहाजको बिग्रिएको सार्कलेट भागलाई बदल्नका लागि जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार राति करिब १०:३० बजे मलेसियाका लागि उडेको हो। 

३८ यात्रु (३४ नेपाली र ४ विदेशी) र चालकदलसहित जहाज मलेसिया पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। जहाजको फेर्नुपर्ने नयाँ सार्कलेट सिंगापुरबाट मलेसिया ल्याइएको छ। मर्मतपछि जहाजले शुक्रबार नियमित काठमाडौं उडान गर्दैछ। जहाजले शुक्रबार बिहान ८ बजे (स्थानीय समय) मलेसियाबाट काठमाडौं उडान भर्दैछ। जहाज मर्मत हुने कि नहुने दोधारका कारण करिब ३ जना यात्रुले मात्र टिकट काटेको निगम स्रोत बताउँछ। 

गत फागुन १२ गते काठमाडौं–हङकङ–काठमाडौं उडानका क्रममा काठमाडौंको इर्गिस बिन्दुमा चट्याङ परेको थियो। जहाज रनवे (धावनमार्ग)बाट उडेर करिब १५ माइल पर बनेपाको ठ्याक्कै माथिको आकाशको भाग (इर्गिस) मा पुग्यो। इर्गिस भनेको जहाज उडान भर्दै काठमाडौं छोड्ने बिन्दु (एक्जिट प्वाइन्ट) हो, विमानस्थलबाट उडान भरेपछि सुरक्षित रूपमा आफ्नो गन्तव्यको हवाई मार्ग’ (एयर वे) मा जान यसले एउटा निकास बिन्दुको रूपमा काम गर्छ। 

त्यहाँबाट इर्गिसमा पुग्नेबित्तिकै उक्त न्यारोबडीले चट्याङको सामना गर्नुपर्‍यो। चट्याङको सामना गर्दा जहाजको पखेटाको एउटा सार्कलेटमा क्षति पुगेको हो। त्यसपछि जहाजले ४ घन्टाको उडान भर्दै गन्तव्य मुलुक हङकङमा अवतरण गरेको थियो। अवतरणपछि हङकङ विमानस्थलको प्राविधिक टोलीबाट परीक्षण गराइयो। 

उक्त टोलीले काठमाडौं अवतरण गराइ जहाजको उक्त भागको मर्मतसम्भार गर्न निर्देशन दियो। जहाज फागुन १४ गते काठमाडौं अवतरणपछि ग्राउन्डेड भयो। जहाज अर्थिङ भए पनि चट्याङका कारण उत्पन्न भएको बिजुलीको भारलाई सार्कलेटको अन्तिम भागमा हुने स्ट्याटिक वायरले नै सामान्यतया फाल्ने गर्छ। तर, त्यो दिन भने सार्कलेटमा नै क्षति पुग्ने गरी चट्याङ परेको निगम स्रोत बताउँछ। काठमाडौं आइपुगेको जहाजलाई फ्रान्सस्थित उत्पादक कम्पनी एयरबसले ग्राउन्डेड गर्न सुझाए पनि निगम व्यवस्थापनले जहाजलाई ग्राउन्डेड गरेको हो।
 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.