इरानको साउथ पार्स ग्यास क्षेत्र र कतारको रस लाफान किन छ यति महत्वपूर्ण ?

इरानको साउथ पार्स ग्यास क्षेत्र र कतारको रस लाफान किन छ यति महत्वपूर्ण ?
सुन्नुहोस्

इरान : इजरायलले इरानको महत्वपूर्ण साउथ पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि, त्यसको प्रतिक्रिया स्वरूप इरानले खाडी क्षेत्रमा ऊर्जा पूर्वाधारहरूमा प्रहार गर्‍यो, जसमा कतारको रस लाफानस्थित ग्यास सुविधा पनि परेको छ । यो द्वन्द्वमा भएको पछिल्लो तनाव हो।

साउथ पार्स र रस लाफानमा के भयो ?
बुधबार इरानका सरकारी मिडियाले साउथ पार्ससँग सम्बन्धित प्राकृतिक ग्यास सुविधामा आक्रमण भएको रिपोर्ट गरे । त्यसपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका तेल र ग्यास संरचनामा आक्रमण गर्ने चेतावनी दियो ।

केही घण्टापछि इरानले कतारको उत्तरी रस लाफान औद्योगिक शहरमा रहेको तरल प्राकृतिक ग्यास सुविधामा मिसाइल प्रहार ग¥यो, जसले त्यहाँ आगलागी गरायो । कतारले आगो नियन्त्रणमा ल्याएको र कुनै मानवीय क्षति नभएको बताएको छ ।

कतारको प्रतिक्रिया : कतारले यस आक्रमणको कडा निन्दा गरेको छ र इरानी आक्रमणले ठूलो क्षति पुर्‍याएको बताएको छ । कतारले इरानी कूटनीतिक र सैन्य कर्मचारीहरूलाई देशबाट निष्काशन पनि गरेको छ ।

साउथ पार्स ग्यास क्षेत्र किन महत्वपूर्ण छ ?
दक्षिण पार्स ग्यास क्षेत्र संसारकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रको हिस्सा हो, जुन इरान र कतारबीच बाँडिएको छ । यो क्षेत्र लगभग ९,७०० वर्ग किलोमिटरमा फैलिएको छ । साउथ पार्सले इरानको प्राकृतिक ग्यासको करिब ८० प्रतिशत आवश्यकता पूरा गर्छ

इरानको घरेलु ऊर्जा (बिजुली र तताउने) को प्रमुख स्रोत यही हो । इरानले उत्पादन गरेको अधिकांश ग्यास देशभित्रै प्रयोग गर्छ । केही ग्यास इरानले इराकलाई निर्यात पनि गर्छ, जसले इराकको ऊर्जा आवश्यकताको ठूलो हिस्सा पुरा गर्छ । यसैले, साउथ पार्समा भएको आक्रमणले तत्काल विश्व बजारमा ठूलो प्रभाव नपार्न सक्छ, तर इरानको आन्तरिक ऊर्जा आपूर्तिमा ठूलो असर पार्छ ।

रस लाफान किन यति महत्वपूर्ण छ ?
रस लाफान औद्योगिक शहर विश्वकै सबैभन्दा ठूलो  लिक्विड नेचुरल ग्यास (LNG) उत्पादन केन्द्र हो । यसले विश्वको करिब २० प्रतिशत  (LNG) आपूर्ति गर्छ । एशिया र युरोपबीचको ऊर्जा माग सन्तुलनमा ठूलो भूमिका खेल्छ । विश्वका धेरै देशहरू (जस्तै जापान, टर्की, भारत)   (LNG) ​​​​​​​ मा निर्भर छन् । रस लाफानमा क्षति हुँदा ग्यास उत्पादन लामो समयसम्म प्रभावित हुन सक्छ, जसले ऊर्जा मूल्यहरू बढाउन सक्छ । 

विश्वव्यापी असर
यी आक्रमणहरूले युरोपमा ग्यासको मूल्य बढाएका छन् । तेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ । साना र कमजोर अर्थतन्त्र भएका देशहरूमा ऊर्जा संकट गहिरिन सक्छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.