इरानमा अमेरिका–इजरायलको तीन हप्ता लामो आक्रमणका लक्ष्य र उद्देश्य के ?

इरानमा अमेरिका–इजरायलको तीन हप्ता लामो आक्रमणका लक्ष्य र उद्देश्य के ?
फाइल फोटो

वाशिङ्टन : डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानविरुद्धको अमेरिका–इजरायल युद्धका अन्तिम उद्देश्यहरूबारे फरक–फरक दाबी गर्दै आएको छ : क्षेत्रीय सैन्य शक्ति ध्वस्त पार्ने, नेतृत्व हटाउने, आन्तरिक असन्तोष भड्काउने र आणविक कार्यक्रम समाप्त गर्ने ।

तर बयानभन्दा बाहिर हेर्दा, पछिल्ला तीन हप्तामा गरिएका सैन्य आक्रमणहरूले अमेरिका र इजरायलले कुन लक्ष्यलाई प्राथमिकता दिएका छन् भन्ने स्पष्ट चित्र देखाएका छन् । साथै, यसले वाशिङ्टनको अन्तिम रणनीति के हो र इजरायलसँग यसको लक्ष्य कति फरक छ भन्ने प्रश्न पनि उठाएको छ ।

केही हदसम्म, आक्रमणका लक्ष्यहरूले ट्रम्प प्रशासनका बहुआयामिक युद्ध उद्देश्यहरू झल्काएका छन्, जसले ट्रम्पलाई कुनै पनि बेला ‘सफलता’ दाबी गर्दै युद्धबाट पछि हट्ने अवसर दिन सक्छ । तर विश्लेषकहरूका अनुसार, युद्ध सञ्चालन गर्ने तरिकाले धेरै सम्भावित ‘बाहिरिने बाटो’ बन्द गरिसकेको छ र लामो समयसम्म युद्ध चर्किन सक्ने अवस्था बनाएको छ ।

नीति अनुसन्धान संस्था (CSIS) का विश्लेषक जोन अल्टरम्यानले भने, ‘ट्रम्पले धेरै लक्ष्यहरू प्रस्तुत गरेका छन् । यसले उनलाई जुनसुकै बेला आक्रमण रोक्ने विकल्प दिन्छ, तर इरानले कस्तो प्रतिक्रिया दिन्छ भन्ने नियन्त्रण गर्न सकिँदैन ।’ उनले थपे, ‘अमेरिकाले बमबारी रोके पनि युद्ध रोकिने ग्यारेन्टी छैन, न त होर्मुज जलडमरू मार्ग खुल्ने, न त खाडी क्षेत्रमा स्थिरता आउने ।’

‘शक एन्ड अवे’ देखि ग्यास फिल्ड आक्रमणसम्म
विशेषज्ञहरूको अनुसार, तीन हप्ताको युद्धलाई तीन चरणमा विभाजन गर्न सकिन्छ । पहिलो चरण ‘सक एन्ड अवे’ शैलीको थियो, जसमा इरानको सैन्य क्षमता मात्र होइन, राजनीतिक र सैन्य नेतृत्वलाई पनि निशाना बनाइयो । फेब्रुअरी २८ मा आक्रमण सुरु भएको केही घण्टामै इरानले सर्वोच्च नेता अलि खामेनी र आइआरजीसीका शीर्ष अधिकारीहरूको मृत्यु पुष्टि गर्‍यो ।

यसले निर्णय प्रक्रियालाई पक्षाघात पार्ने र शासन परिवर्तनको बाटो खोल्ने प्रयास देखाएको विश्लेषण गरिएको छ । दोस्रो चरणमा आन्तरिक सुरक्षा संरचनाहरूलाई निशाना बनाइयो–आइआरजीसी मुख्यालय, बसीज अर्धसैनिक समूह, र प्रहरी संरचना । यसको उद्देश्य इरानको आन्तरिक नियन्त्रण कमजोर पारेर असन्तोष वा विद्रोह उत्पन्न गर्नु थियो ।

साथै, इराक सीमावर्ती क्षेत्रमा आक्रमणले कुर्द विद्रोही समूहहरूको प्रवेश सजिलो बनाउने प्रयास पनि संकेत गरेको बताइएको छ । तेस्रो चरणमा, दक्षिण पार्स ग्यास फिल्डमा आक्रमणले सरकारको आधारभूत सेवा (जस्तै बिजुली र ग्यास) उपलब्ध गराउने क्षमतामा असर पार्ने उद्देश्य देखाएको छ । यसपछि इरानले कतार र साउदी अरेबियामा रहेका ऊर्जा संरचनामा जवाफी आक्रमण गरेको थियो ।

मिसाइल, ड्रोन र नौसैनिक क्षमतामा आक्रमण
अमेरिका र इजरायलले विशेषगरी इरानको मिसाइल, ड्रोन र नौसैनिक क्षमतामा ध्यान केन्द्रित गरेका छन् । तर करिब ३० प्रतिशत आक्रमण स्थानीय सुरक्षा संरचनामा केन्द्रित थियो, जुन जनतामाथि नियन्त्रण कायम गर्न प्रयोग हुन्छ । आश्चर्यजनक रूपमा, इरानका आणविक केन्द्रहरू सबैभन्दा कम निशाना बनाइएका स्थानहरूमध्ये परेका छन् ।

हालसम्मः
अमेरिका–इजरायलले १,४३४ आक्रमण गरेका छन् ।
इरानले ८३५ जवाफी आक्रमण गरेको छ ।

अमेरिकाले ७,८०० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको र ८,००० भन्दा बढी सैन्य मिसन उडान गरेको दाबी गरेको छ ।

ह्वाइट हाउसले इरानको मिसाइल क्षमता लगभग ध्वस्त भएको दाबी गरेको छ । तर विशेषज्ञहरू भन्छन्–इरान अझै पनि क्षति पु¥याउन सक्षम छ ।

लामो ‘क्षय युद्ध’
इरानले ‘मोजाइक रणनीति’ अपनाएको छ, जसले नेतृत्व गुमे पनि युद्ध जारी राख्न सक्षम बनाउँछ । विश्लेषकहरूका अनुसारः इरान कमजोर भएको छ । तर पूर्ण रूपमा हार मानेको छैन । युद्ध लामो समयसम्म चल्न सक्छ । अमेरिकी गुप्तचर प्रमुख Tulsi Gabbard ले पनि इरानको शासन कमजोर भए पनि अझै सक्रिय रहेको बताएकी छन् । 

‘विजय’ को मापदण्ड के हो ?
युद्ध अहिले क्रमिक रूपमा बढ्दै गएको छ, जसले अझ ठूलो आक्रमण र नागरिक पूर्वाधारमा क्षति पुर्‍याउने सम्भावना बढाएको छ । अमेरिकाले शक्तिशाली ‘बंकर बुस्टर’ बम प्रयोग गर्न थालेको छ र थप सैनिक तैनाथीको सम्भावना पनि छ । तर विशेषज्ञहरूका अनुसार ठूलो संख्यामा सैनिक बिना होर्मुज जलडमरू नियन्त्रण गर्न गाह्रो छ, कूटनीतिक समाधान बिना दीर्घकालीन समाधान सम्भव छैन ।

आणविक कार्यक्रम
इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट गर्न जमिनमा सेना पठाउनु आवश्यक पर्न सक्छ । संयुक्त राष्ट्रका आणविक प्रमुख राफेल ग्रोसीले चेतावनी दिएका छन् कि यस्तो ठूलो कार्यक्रम हवाई आक्रमणबाट मात्र समाप्त गर्न गाह्रो छ । 

अमेरिका र इजरायलका फरक लक्ष्य

विशेषज्ञहरूका अनुसार अमेरिका मिसाइल, नौसेना र सैन्य क्षमता कमजोर पार्ने रणनीतिमा छ भने इजरायल शासन परिवर्तनसम्म जाने रणनीतिमा छ । इजरायलले केही प्रमुख व्यक्तिहरूको हत्या गर्दै आन्तरिक अस्थिरता बढाउने रणनीति अपनाएको देखिन्छ । ट्रम्पले दक्षिण पार्स आक्रमणबारे इजरायलको आलोचना गर्नुले दुवै देशका लक्ष्य फरक हुन सक्ने संकेत दिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.