इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले सन्देशमा छिमेकी देशबारे के भने ?
इरान : इरानी मिडियाले इस्लामिक रिपब्लिक अफ इरानका सर्वोच्च नेता मोजतबा खामेनीको एक सन्देश प्रशारण गरेको छ । खामेनीले फारसी नयाँ वर्ष नवरोजको अवसरमा लिखित सन्देश जारी गरेका थिए, जसलाई सरकारी टेलिभिजनमा पढेर सुनाइएको हो । नौ पृष्ठको सन्देशमा उनले इरानले आफ्नो पूर्वी छिमेकी देशहरूलाई धेरै नजिकको रूपमा लिने बताएका छन् । उनले पाकिस्तानलाई आफ्नो पिता अली खामेनीको ‘विशेष रूपमा मन पर्ने देश’ भनेका छन् ।
उनले पाकिस्तान र अफगानिस्तानबीच राम्रो सम्बन्ध कायम गर्न आह्वान गर्दै, यसका लागि आफूले ‘आवश्यक कदम चाल्न’ तयार रहेको बताए । इजरायल–अमेरिकासँगको युद्धका क्रममा छिमेकी देशहरूमा भएका आक्रमणबारे उल्लेख गर्दै उनले भने, ‘टर्की र ओमान, जससँग हाम्रो राम्रो सम्बन्ध छ, ती देशका केही क्षेत्रमा भएका आक्रमणहरू कुनै पनि हालतमा इस्लामिक रिपब्लिकको सेना वा प्रतिरोध मोर्चाका सेनाहरूले गरेका होइनन् ।’
‘एक वर्षमा तीन युद्ध’
आर्थिक सुधार र राष्ट्रिय एकता
सन्देशमा उनले नवरोजका लागि नयाँ नारा पनि दिए र राष्ट्रिय एकता र सुरक्षाको छायाँमा अर्थतन्त्र सुधार गर्ने वाचा गरे । उनले व्यवस्थापन र आर्थिक समस्याहरू समाधान गर्न ‘प्रभावकारी उपाय’ प्रस्तुत गर्ने पनि बताए ।
आर्थिक मोर्चामा, उनले दीर्घकालीन आर्थिक कमजोरी र प्रबन्धकीय कमजोरी हटाउनु पर्नेमा जोड दिए र यसलाई ‘आर्थिक युद्ध’ को हिस्सा भने । उनले घरेलु मिडियालाई आन्तरिक कमजोरीहरूलाई बढाइचढाइ नगर्न चेतावनी दिए, किनकि त्यसले शत्रुको मनोवैज्ञानिक अभियानलाई सहयोग पुर्याउन सक्छ ।
सहयोगको आह्वान
खामेनीले क्षेत्रीय सम्बन्धको महत्वमा जोड दिए, विशेष गरी पाकिस्तान र अफगानिस्तान जस्ता छिमेकी देशहरूसँग । उनले मुस्लिम देशहरूबीच बलियो सम्बन्ध र सहयोगको आह्वान गरे र साझा धार्मिक, सांस्कृतिक तथा रणनीतिक हितका आधारमा संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
मोजतबा खामेनीबारे अड्कलहरू
अली खामेनीको हत्या पछि, विशेषज्ञहरूको एक समितिले करिब एक हप्ताको प्रक्रियापछि मोजतबा खामेनीलाई नेता चयन गरेको बताइएको छ । उनलाई ८ मार्चमा इरानको नयाँ सर्वोच्च नेता घोषणा गरिएको थियो ।
उनी आफ्नो पिता आयतुल्लाह अली खामेनीका उत्तराधिकारी हुन् । अली खामेनीको २८ फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएको पहिलो दिन मृत्यु भएको बताइएको छ सरकारले उनको बारेमा प्रचार गरे पनि उनी सार्वजनिक रूपमा देखिएका छैनन्, जसले उनको स्वास्थ्य र इरानको भविष्यबारे अड्कलबाजी बढाएको छ ।
उनको स्वास्थ्यबारे अड्कलबाजी
अहिलेसम्म उनका नाममा दुई लिखित सन्देश जारी भएका छन्, तर उनको कुनै तस्वीर सार्वजनिक गरिएको छैन । बीबीसी पर्सियनका अनुसार, एक इरानी अधिकारीले उनी इजरायल र अमेरिकी आक्रमणमा घाइते भएको पुष्टि गरेका थिए । साइप्रसमा इरानका राजदूत अलीरेजा सालारियानले भने, ‘उनका खुट्टा, हातमा चोट लागेको सुनेको छु । मलाई लाग्छ उनी अस्पतालमा छन् ।’
उनका अनुसार, उनी त्यही आक्रमणमा घाइते भएका हुन् जसमा उनका पिता र परिवारका केही सदस्यहरू मारिएका थिए ।
तर केही इरानी अधिकारीहरूले भने मोजतबा खामेनी ‘गम्भीर रूपमा घाइते नभएको’ बताएका छन् । इरानी राष्ट्रपति युसुफ पेजेश्कियानका छोराले पनि उनी स्वस्थ रहेको बताएका छन् । तर इरान सरकारले हालसम्म उनको स्वास्थ्य अवस्थाबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।
प्रतिक्रिया दिनुहोस !