सापटी दिएको रकम माग्दा कटहरियामा आमा–छोरीमाथि निर्घात कुटपिट

सापटी दिएको रकम माग्दा कटहरियामा आमा–छोरीमाथि निर्घात कुटपिट
सुन्नुहोस्

रौतहट : रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरियामा सापटीको रकम माग्दा आमा–छोरीमाथि निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ। कटहरियाका स्थानीय ४५ वर्षीया भागमणी देवीलाई उनका देवर नाता पर्ने ३५ वर्षीय छोटेलाल यादवले कुटपिट गरेका हुन्।  छोटेलालले केही महिनाअघि भागमणीसँग १ लाख २० हजार रुपैयाँ नगद सापटी लिएका थिए । 

आइतबार  छोटेलाललाई दिनुपर्ने १० हजार रुपैयाँ भागमणीको ई–सेवामा आएपछि उनी उक्त रकम लिन भागमणीको घर पुगेका थिए। तर भागमणीले आफूले पाउनुपर्ने रकम कटाएर बाँकी १ लाख १० हजार रुपैयाँ दिन आग्रह गरेपछि विवाद हुँदा रुकमणि र उनकी छोरीमाथि छोटेलालले हातपात गरेको पीडित रुकमणीले बताइन् । 

त्यसपछि आक्रोशित छोटेलालले बाँसको लाठी प्रयोग गरी भागमणी र उनकी १० वर्षीया छोरी रबिता कुमारीमाथि अन्धाधुन्ध प्रहार गरेका थिए। कुटाइबाट रबिताको देब्रे हात भाँचिएको छ भने भागमणीको हातमा गम्भीर चोट लागेको छ। उनको शरीरका विभिन्न भागमा गहिरा निलडाम देखिएका छन्।

घटनापछि भागमणीका बाबु झगरु यादव तत्कालै पोखरिया पुगेर घाइते आमा–छोरीलाई कटहरिया बजारस्थित निजी अस्पतालमा उपचारका लागि लगेका थिए, जहाँ दुवैको प्लास्टरसहित उपचार भइरहेको छ।

पीडित भागमणी देवीका अनुसार गाउँकै एक जनप्रतिनिधिले उनका श्रीमान् रोहित यादवलाई “उजुरी नगर्नु, गाउँमै मिलाइन्छ” भन्दै धम्क्याएको बताइन् ।  यसअघि पनि पटक–पटक कुटपिट हुँदा दबाबकै कारण न्याय पाउन नसकेको रुकमणीले दुखेसो पोखिन्। 

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिँदै दोषीमाथी कानुनी कारबाही गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.