चैती छठ : पूजाका लागि सिंगारिँदै घाट

चैती छठ :  पूजाका लागि सिंगारिँदै घाट
औरहीस्थित महादेवा पोखरीको छठघाट सजाउँदै स्थानीयहरू । तस्बिर : अन्नपूर्ण

महोत्तरी : महोत्तरीसहित मिथिलान्चल क्षेत्रमा आज साँझ महान पर्व चैती छठ (वासन्ती छठ)अन्तर्गतको मुख्य पूजा गरिँदैछ । घरघरमा तयार पारिएको प्रसाद लिएर व्रतालुले साँझ पायक पर्ने जलासयमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिइ मुख्य पूजा मनाउने गर्छन्।

सूर्य अस्ताउनुअघि व्रतालुहरू जलाशयमा पसि खष्ठीमाताको ध्यान गर्दै दिनानाथ (सूर्य) लाई अध्र्य दिन्छन् । यसरी अध्र्यमा प्रसादस्वरुप ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायतका फूल प्रसाद अर्पण गरिन्छ।

null

मुख्यतः चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको तेस्रो दिन सोमबार राति व्रतालुले सख्खरबाट बनाएको खीर कुलदेवलाई चढाएर खरना विधि मनाएका थिए । व्रतालुहरू आजराति व्रतस्थल (घाट) मा जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन एका बिहानै उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्वको समापन हुन्छ । चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

null

पर्व मनाउनका लागि छठ घाट सजाउनमा व्यस्त देखिएका छन् । पोखरी,नदी,इनारलाई आकर्षक रुपमा सजाइएको छ । स्थानीय पोखरीलाई सजाउनका लागि कुनै पनि कसर बाँकी नराखेको औरही नगरपालिका १ का धर्वेन्द्रकुमार यादवले बताएका छन् ।   बिहानैदेखि औरही नगरपालिका- १ मा अवस्थित महादेव पोखरीलाई सजाउनका लागि युवाहरूको एक टिम व्यस्त देखिएको यादवले जानकारी दिएका छन् ।

कात्तिकमा मनाइने छठको तुलनामा यस महिनामा हुने छठमा श्रद्धालुहरूको संख्यामा कमी भएता पनि रौनकतामा भने  नघटेको यादवले बताए । पछिल्ला वर्षमा क्रमिकरुपमा चैती छठ पर्व मनाउनेकहरूको संख्या बढ्दो छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.