बारामा ट्याक्टरको ठक्करबाट शिक्षकको मृत्यु

बारामा ट्याक्टरको ठक्करबाट शिक्षकको मृत्यु
सुन्नुहोस्

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत डुमरवाना–बडहर्वा सडकखण्डमा मंगलबार ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको संग्रामपुर घर भइ जीतपुरसिमरा उपमहानगरपालिका २ बस्दै आएका ६१ वर्षीय केदारप्रसाद शर्मा रहेका छन्। शर्मा सेवानिवृत्त शिक्षक हुन्।

जीतपुरसिमरा १५ को डुमरवानाबाट प्र।०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकल चलाएर बडहर्वातर्फ जाँदै गरेका शर्मालाई सोही दिशाबाट गुडिरहेको ना ७ त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करपछि उनको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्र।०२–०३–००१ त ५६१५ नम्बरको अर्को ट्याक्टरमा ठोक्किएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते शर्माको उपचारका क्रममा वीरगन्जस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश भट्टले जानकारी दिए।  उनले पथलैया,सिमरालगायत जीतपुरसिमरा क्षेत्रका विभिन्न विद्यालयमा लामो समयसम्म अध्यापन सेवा रहेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.