एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सुन्नुहोस्

एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमका क्रममा सहभागीहरुलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजना सम्बन्धी जानकारी प्रदान गरिएको थियो। बैंकद्वारा सञ्चालन गरिएका वित्तीय साक्षरता कार्यक्रममार्फत ४,००० भन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

ग्लोबल मनी वीक २०२६ को अवसरमा बैंकले देशका विभिन्न स्थानहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी तथा जनचेतनामूलक र्‍यालीहरू पनि आयोजना गरेको छ। साथै बैंकले सामाजिक सञ्जालमार्फत वित्तीय सचेतना सम्बन्धी विभिन्न जानकारीमूलक सामग्रीहरू समेत साझा गरेको छ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.