अटोको ठक्करबाट बाटो काट्दै गरेका वृद्धको मृत्यु

अटोको ठक्करबाट बाटो काट्दै गरेका वृद्धको मृत्यु
सुन्नुहोस्

नवलपुर : नवलपुरको मध्यविन्दु नगरपालिकामा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार बिहान मध्यविन्दु–६ टाँडीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७५ वर्षीय दुर्गाप्रसाद पाठकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार बिहान चोरमाराबाट हर्दियातर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०५२६ नम्बरको अटोले बाटो काट्दै गरेका पाठकलाई ठक्कर दिएको थियो ।
 

ठक्करबाट गम्भीर घाइते भएका पाठकलाई तत्काल उपचारका लागि डण्डास्थित मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । प्रहरीले अटो र चालक मध्यविन्दु–५ निवासी ५७ वर्षीय जुद्धबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.