कुमारी बैंकले ल्यायो मास्टर कार्ड सेवा सञ्चालनमा
काठमाडौं : कुमारी बैंकले मास्टर कार्ड सेवा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा विस्तार गरेको घोषणा गरेको छ। बैंकले ग्राहकका लागि बिहीबारबाट डेबिट मास्टर कार्ड जारी गर्न सुरु गरेको जानकारी गराएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बैंकले सुरु गरेको मास्टर कार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन्।
यसैगरी कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले मास्टर कार्डको महत्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे जानकारी दिए।
बैंकले जारी गरेको डेबिट मास्टर कार्ड नेपाल, भारत र भुटानका सबै एटीएम र पीओएसमा प्रयोग गर्न सकिने छ। मास्टर कार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने बैंकले जनाएको छ।
बैंंकका २ सय ९७ शाखा, ३ सय १५ एटीएम, ४६ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ एकाइहरू छन्।
प्रतिक्रिया दिनुहोस !