रौतहटमा विभिन्न मुद्दाका ९ फरार प्रतिवादी पक्राउ
रौतहट : रौतहट प्रहरीले विभिन्न मुद्दामा कैद तथा जरीवाना तोकिएका ९ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका ७ जना र चालु मुद्दाका २ जना प्रतिवादीलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरूमा मेघु राय यादव ९किर्ते जालसाजी० १ हजार रुपैयाँ जरिवाना, अनुकुल गुप्ता ९चोरी० १ हजार रुपैयाँ जरिवाना, विजय चौधरी (जुवा) २ हजार रुपैयाँ जरिवाना, कल्पना चौधरी (नाताकायम) १ हजार २५० रुपैयाँ जरिवाना र सुकुन्ती देवी (गाली बेइज्जती) २५ रुपैयाँ जरिवाना रहेका छन् ।
यस्तै, जलसी देवी कुर्मी (देहानी) ३०० रुपैयाँ जरिवाना र प्रेम यादव (अपराधिक उपद्रव) मुद्दामा २ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्। चालु मुद्दातर्फ हदयलाल राय यादव (ज्यान मार्ने उद्योग) र नरेन्द्र राय यादव (मिटर ब्याज) मुद्दामा पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !