बालुवाटारस्थित सरकारी निवासमा सरे प्रधानमन्त्री बालेन
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। प्रधानमन्त्री शाह शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन्।
यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजी निवास गएकी थिइन्।
प्रधानमन्त्री बालेनले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएका थिए। उनले आजै सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !