प्रधानमन्त्री बालेनलाई चीनले दियो बधाई, नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक

प्रधानमन्त्री बालेनलाई चीनले दियो बधाई, नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक
सुन्नुहोस्

काठमाडौं : चीनले  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पदभार ग्रहण गरेको अवसरमा बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहको नियुक्तिप्रति चीनको तर्फबाट शुभकामना व्यक्त गरेका हुन्।

प्रवक्ता लिनका अनुसार चीनले नेपाललाई सधैं परम्परागत मित्र र छिमेकी राष्ट्रका रूपमा लिँदै आएको छ। उनले नेपालले आफ्नो स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षण गर्न गरेका प्रयासहरूमा चीनको निरन्तर समर्थन रहने बताए।

उनले नेपालमा एकता, स्थायित्व, विकास र समृद्धि हासिल गर्ने दिशामा पनि चीनले साथ दिने उल्लेख गरे। नयाँ सरकारसँग मिलेर दुई देशबीचको परम्परागत मित्रतालाई अझ अगाडि बढाउँदै व्यावहारिक सहकार्य गहिरो बनाउने र दीर्घकालीन मित्रता तथा विकास-समृद्धिमा आधारित रणनीतिक साझेदारीलाई अघि बढाउने चीनको तयारी रहेको उनले स्पष्ट पारे।

पत्रकारको प्रश्नमा उनले भने, 'चीन नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउन, व्यावहारिक सहयोगलाई गहिरो बनाउन र विकास र समृद्धिको लागि स्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारीलाई अगाडि बढाउन नयाँ सरकारसँग काम गर्न तयार छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.