एमाले अध्यक्ष ओलीलाई किन राखिएको छ अस्पताल ?

एमाले अध्यक्ष ओलीलाई किन राखिएको छ अस्पताल ?
सुन्नुहोस्

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष  के.पी. शर्मा ओलीलाई मुटु धड्कन बढ्ने समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। अस्पताल प्रशासनले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा ओलीलाई शनिबार अस्पताल ल्याइए/ भर्ना गरेको उल्लेख छ।

शनिबार बिहान निवासबाटै प्रहरीले गिरफ्तारमा गरेपछि नियमित स्वास्थ्य जाँचको गरेको हो। परीक्षणका क्रममा उनलाई स्वास्थ्य समस्या देखिएपछि ५०१ नम्बरको बेडमा राखी अस्पतालको चिकित्सक टोलीद्वारा निगरानी तथा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

उनी मृगौला प्रत्यारोपण गरिसकेका बिरामी हुन्। उनलाई हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, थाइराइड कम हुने समस्या, एट्रियल फिब्रिलेसन (उपचारमा) तथा पित्तथैलीमा पत्थरी जस्ता समस्या देखिएका छन्। अस्पतालले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। null

जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन भन्दै ओलीलाई प्रहरीले पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.