एपीएफलाई हराउँदै गण्डकी प्रदेशको पहिलो जित

एपीएफलाई हराउँदै गण्डकी प्रदेशको पहिलो जित
सुन्नुहोस्

 काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत गण्डकी प्रदेशले विभागीय क्लब एपीएफलाई ४३ रनले पराजित गरेको छ । गण्डकी प्रदेशले प्रतियोगितामा चौंथो खेल खेल्दा पहिलो जित दर्ता गरेको हो । 

समान ४ खेल खेलेको एपीएफको भने यो दोस्रो हार हो । तल्लो मूलपानी मैदानमा भएको खेल २१ ओभरमा घटाएर गराइएको थियो । जसमा टस जितेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनायो । गण्डकीले दिएको १५१ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ १८.३ ओभरमा १०७ रन बनाउँदै अलआउट भयो । 

एपीएफका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । उनले २४ बलमा १ छक्का प्रहार गरे । ओपनरद्वय लोकेश बम र आसिफ शेखले समान १४-१४ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल ३ रनमा क्याच भए । कमलसिंह ऐरी १७ रनमा बोल्ड भए । अभिषेक गौतम १४ रनमा अविजित रहे । अपराजित पौडेल र सिविन श्रेष्ठले ३–३ विकेट लिए । सुवास भण्डारीले २ विकेट लिँदा कमल परियारले १ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको गण्डकीको लागि ओपनर ब्याटर गौरव विकले सर्वाधिक ३७ रन बनाए । उनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले २५ रन बनाए । दिपक डुम्रेले ३४ रन बनाए । दिनेश बुढा ऐरले १९ रजन बनाउँदा कप्तान विपिन खत्री २० रनमा अविजित रहे । एपीएफका लागि अभिनाश बोहोराले सर्वाधिक ३ विकेट लिए । कमल सिंह ऐरी, युवराज खत्री र अभिषेक गौतमले १–१ विकेट लिए ।

गण्डकी प्रदेशको पहिलो खेल नेपाल पुलिस क्लबसँग वर्षाको कारण स्थगित बन्दा अंक बाँडेको थियो । त्यसपछि भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग ७ विकेट र तेस्रो खेलमा बामगती प्रदेशसँग १७० रनले पराजित भएको थियो । एपीएफ क्लबले पनि पहिलो खेलमा बागमती प्रदेशसँग अंक बाँडेको थियो । दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १८५ रनको फराकिलो हार बेहोरेको एपीएफले तेस्रो देलमा बागमती प्रदेशलाई ७१ रनले हराएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.